सुकुम्बासीको समस्या समाधान गर्छौँ : पूर्वमन्त्री प्रधान

लोकपथ
39
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुकुम्बासीको हक, हितका लागि आफ्नो पार्टीले सक्रियापूर्वक आवाज उठाउने बताएका छन् ।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नेता प्रधानले आज काठमाडौं महानगरपालिका–२६ सङ्गम टोलमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै सुकुम्बासीको समस्या कांग्रेसले समाधान गर्ने बताए ।

‘केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर सुकुम्वासीका समस्या समाधान गर्छौँ’, उनले भने । संविधान निर्माणका लागि गठबन्धन निर्माण भएको उनको भनाइ थियो । गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नं ६ प्रदेश (१) का उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गीले सुकुम्बासी आयोगमार्फत काठमाडौंभित्रको सुकुम्बासीको समस्या गरिने बताए ।

उनले हरेक क्षेत्रमा महिला सहभागिता बढाउन सकेमात्र देशको विकास हुने उल्लेख गरे । ‘समाज र राष्ट्रको विकासका लागि मैले राजनीति गरेको हो, नमूना क्षेत्र निर्माणका लागि मेरो उम्मेदवारी हो’, उनले भने । कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गीले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनलाई विजय गराउनुपर्ने धारणा राखे ।

कार्यक्रममा समाजसेवी कृष्ण लामा, प्रकाश लामा, सुवासचन्द्र दाहाल, वरिष्ठ पत्रकार कृष्ण केसीलगायतले स्थानीय क्षेत्रको समस्या समाधान गर्नेगरी काम गर्न गठबन्धनका उम्मेदवारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?