पुनः १३ अर्ब ८५ करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
65
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमवार पुुनः १३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह दुई बजेसम्ममा बोलकबोलका माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार जारी मिति कात्र्तिक २८ गते तोकिएको ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । यसरी बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको नौं अर्ब ८५ करोड ५० लाख रुपैयाँको रहेको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ मंसिर २७ गते, २०७९ फागुन दुई गते र २०८० जेठ दुई गते तोकिएको र यि सबै ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार यसअघि यही कात्र्तिक २१ गते पनि १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?