मनाइयो महाकवि लक्ष्मीजयन्ती

काठमाडौँ– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

विसं १९६६ कात्तिक औँसीका दिन काठमाडौँको डिल्लीबजारमा उनको जन्म भएको थियो । लक्ष्मी पूजाका दिन जन्मिएकाले उनको नाम लक्ष्मीप्रसाद राखिए पनि उनी सरस्वतीको प्रसाद बन्न पुगे ।

दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?