नेपाल टेलिकमद्वारा निर्वाचन अफर सार्वजनिक

लोकपथ
26
Shares

काठमाडौं । नेपाल टेलिकमले निर्वाचन अफर सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको हो ।

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २ सय ९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ । यो अफर आज (२०७९ कात्तिक २७) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?