यी हुन् इतिहासमै पहिलोपटक विश्वकप खेलाउन लागेका महिला रेफ्री

कतार २२ औँ संस्करणको विश्वकप फुटबल आयोजना गर्न पूर्ण तयारी अवस्थामा पुगिसकेको छ । अब विश्वकपको ‘किकअफ’ हुन मात्र ७ दिन बाँकी छ । विगतका विश्वकपमा भन्दा यस पटकको विश्वकपमा दर्शकहरूले धेरै नै भिन्नता महसुस गर्न पाउनेछन् ।

विगतका विश्वकपमा पुरुषहरू मात्र फिफा रेफ्रीको भूमिकामा हुन्थे । यद्यपि, यस पटकको विश्वकपमा महिला फिफा रेफ्रीलाई पनि मैदानमा उतारिने छ । कतार विश्वकपका लागि ३६ फिफा रेफ्रीको छनोट समेत भइसकेको छ । तीमध्ये तीन जना महिला फिफा रेफ्रि (यामाशिता योशिमी, सलिमा मुकानसांगा र स्टेफनी फ्रापार्ट) छनोट भएका छन् ।

यामाशिता योशिमी

जापानकी फिफा रेफ्री यामाशिता योमिशी इतिहासकै पहिलो पटक विश्वकप खेलाउने महिला रेफ्रि बन्दै छिन् । ३६ वर्षीया यामाशिता योमिशीले यस अधि पनि फ्रान्समा सन् २०१९ मा आयोजना भएको महिला विश्वकपमा फिफा रेफ्रीको भूमिका निभाएकी थिइन् ।

Yamashita booking Alexandra Popp at the 2019 World Cup

त्यस्तै, उनले सन् २०२० को ओलम्पिक प्रतियोगितामा संयुक्त राज्य अमेरिका र स्विडेनबिचको खेल खेलाएकी थिइन् । यामाशिता एएफसी च्याम्पियन्स लिगमा मेलबर्न सिटी र जेओनम ड्रागनबीचको खेलमा पनि रेफ्रीको भूमिकामा थिइन् ।
मध्यपूर्वमा महिला रेफ्रीहरूको सङ्ख्या कमै रहेको छ, त्यसैले म त्यो उपलब्धिलाई उत्प्रेरणाको रूपमा लिएको छु– यामाशिताले भनिन् । महिलाहरूले पुरुषको विश्वकपमा पहिलो पटक अफिसिङ गरिरहेको तथ्य अरू व्यक्तिहरूका लागि महिलाको क्षमता बढ्दै गएको छ भन्ने सङ्केत हो, यो कुरा मैले महसुस गरेको छु – उनले थपिन् ।

स्टेफनी फ्रापार्ट

फ्रान्सेली स्टेफनी फ्रापार्ट आगामी विश्वकपका लागि सूचीकृत फिफा रेफ्रिहरु मध्ये सबैभन्दा लोकप्रिय मानिन्छिन् । ३८ वर्षीया स्टेफनीको यहाँ सम्म आइपुग्दाको सङ्घर्ष भने सहज थिएन । फ्रापार्ट फ्रान्समा भएको विश्वकप २०१९ मा सुपर कपको फाइनलमा अफिसियल थिइन् ।

 Frappart referees in both Ligue 1 and Ligue 2

सन् २०२० मा उनले रेफ्रीको संसारमा तरङ्ग नै मच्चाएकी थिइन् । पुरुष च्याम्पियन्स लिग खेलाउने पहिलो महिला फिफा रेफ्रि बनेर उनले इतिहासको पुस्तकमा आफ्नो नाम लेखाइन् । त्यसको एक वर्षपछि उनले एट्लेटिको म्याड्रिड र चेल्सीबीचको राउन्ड १६ को पहिलो लेगमा पनि रेफ्रीको भूमिकामा प्रस्तुत भइन् ।
त्यस्तै कतार विश्वकप अघि मात्रै उनले २०२२ को पोका डेल फ्रान्सको फाइनल खेलमा पनि उनी रेफ्रीको भूमिकामा प्रस्तुत भएकी थिइन् ।

उनले विश्वको सर्वश्रेष्ठ महिला रेफ्रीको पुरस्कार जितेकी छिन् । पुरुष विश्वकपमा महिला फिफा रेफ्रिहरूको उपस्थितिले बलियो सन्देश दिने स्टेफनी बताउँछिन् ।

सलिमा मुकनसांगा

रुवान्डाकी सलिमा मुकानसांगाले सन् २०१२ देखि फिफा रेफ्रिको जिम्मेवारी सम्हाल्दै आएकी छन् । तर उनको सपना भने प्रोफेसनल बास्केट बल खेलाडी बन्ने भन्ने थियो ।

‘मलाई बास्केटबल मन पर्थ्यो र यसलाई धेरै करिअरको रूपमा अगाडी बढाउन चाहन्थेँ’– उनले भनिन् । ‘तर बास्केटबलको पूर्वाधारमा पहुँच गाह्रो थियो, यसरी मैले फुटबलको रेफ्रिमा रुचि बढाउन थाँले । अहिले पुरुष विश्वकपमा रेफ्रीको भूमिका निभाउँदै छु ।’– उनले थपिन् ।

Salima Mukansanga officiating at the Tokyo 2020 Olympic Games

उनले सन् २०१९ महिला विश्वकप, २०२० मा टोकियो ओलम्पिक खेलमा फिफा रेफ्रीको रूपमा काम गर्दै अब कतार विश्वकपमा पनि रेफ्रीको भूमिकामा प्रस्तुत हुँदै छिन् । यस वर्षको सुरुमा पुरुष अफ्रिका कप अफ नेसन्समा पनि जिम्मेवारी लिएकी उनले विश्वकपको खेल आफूले खेलाउन पाउनु निकै ठुलो सफलता भएको बताउँछिन् ।

विश्वकपमा सहायक रेफ्रीहरू

फिफाले विश्वकपका लागि ६९ सहायक रेफ्री छनोट गरिएको छ । जसमा तीन जना महिला रेफ्रीहरू पनि रहेका छन् ।
यो विश्वकपमा निउजा ब्याक, मेकरिन डेज मेडिना रक्याथरिन नेस्बिट सहायक रेफ्रीका फुटबलको मैदानमा हुने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?