प्रहरीद्वारा घर बाहिर बस्न ‘माइकिङ’

लोकपथ
78
Shares
sf]/f]gf efO/;sf] ;ªqmd0fk|lt ;r]t /xg :yfgLojf;LnfO{ cfu|x vf]6fª, !@ r}t M sf]le8–!(sf] ;Defljt ;ªqmd0fnfO{ Wofgdf /fv]/ ;/sf/n] ns8fpg 3f]if0ff u/]kl5 lbQm]n ahf/sf :yfgLojf;LnfO{ ;r]t /xg dfOlsªdfkm{t cfu|x ub}{ ;’/IffsdL{ . bz :yfgLo tx /x]sf] vf]6fª lhNnfdf pRr ;ts{tf ckgfOPsf] 5 . t:jL/ M s]bf/ du/÷/f;;

बझाङ । खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयबासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो ।

‘मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ’, उनले । उनका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारी गाउँमा घरबाहिर आगो ताप्दै बसेका छन् । खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन् ।

मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीयवासी चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए । जिल्ला सदरमुकाम चैनपुरबासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन् । घटनाबारे जानकारी आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?