विश्वयुद्धका दुई विमान आकाशमा ठोक्किए

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा भएको एयर शोमा विश्वयुद्धकालीन दुई पुराना विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । फुटेजमा कम उचाइमा रहेका विमानले एकअर्कालाई प्रहार गरिरहेको देखाउँछ । एउटा विमान आधा टुक्रा परेको र भुइँमा खस्दा आगो लागेको देख्न सकिन्छ ।

विमानहरू डलास नजिकै एउटा स्मारक एयर शोमा भाग लिइरहेका थिए। दुई विमानमा कति जना सवार थिए वा कोही बाँचे भने तत्काल खुल्न सकेको छैन । दुईमध्ये एउटा एउटा बोइङ बी–१७ फ्लाइङ फोर्ट्रेस थियो । संघीय उड्डयन प्रशासनले शनिबारको विंग्स ओभर डलास एयरशोमा भएको दुर्घटनाको अनुसन्धान गर्ने बताएको छ ।

शुक्रबार भएको भेटरन्स डेको सम्मानमा तीनदिने कार्यक्रम आयोजना गरिएको थियो । डलासका मेयर एरिक जोन्सनले यसलाई ‘भयानक त्रासदी’ भनेका छन् । ‘भिडियोहरू हृदयविदारक छन्’, उनले ट्वीट गरे, ‘कृपया’, आज हाम्रो परिवारलाई मनोरञ्जन र शिक्षा दिनको लागि आकाशमा पुगेका आत्माहरूको लागि प्रार्थना गर्नुहोस् ।’

हताहतिको संख्या अझै पुष्टि भइसकेको तर जमिनमा कोही पनि घाइते नभएको उनले बताए । बी १७ बमवर्षकले दोस्रो विश्वयुद्धमा जर्मनी विरुद्धको हवाई युद्ध जित्न प्रमुख भूमिका खेलेको थियो । दोस्रो विमान, एक पी ६३ किंगकोब्रा दोस्रो विश्व युद्धमा प्रयोग गरिएको लडाकु विमान थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?