आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

लोकपथ
65
Shares

काठमाडौं । आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको आंकलन गरिएको छ ।

राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । सोमबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको आंकलन गरिएको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?