यू–१५ साफ विजेता महिला टोली स्वदेश फर्कियो ( फोटोफिचर)

लोकपथ
26
Shares

काठमाडौं । अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै साफ महिला फुटबल यू–१५ च्याम्पियन बनेको नेपाली टिम शनिवार स्वदेश फर्किएको छ। हिमालयन एयरलायन्सको विमानबाट स्वेदश फर्किएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूले स्वागत गरेका थिए।

नेपाल, बंगलादेश र भुटानको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न भएको थियो।

पहिलो खेलमा भुटानलाई ७–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा बंगलादेशविरुद्ध १–० को जित निकालेको थियो। भुटानसँगको दोस्रो भेटमा १–० को जित निकालेको नेपाल आजको जितसँगै अपराजित रहँदै च्याम्पियन बनेको हो।

फोटोफिचर:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?