१३ चैत्र २०७९, सोमवार

पर्यटकको नयाँ गन्तब्य बनेको गोर्खाको भच्चेक (फोटोफिचर)

२०७९,कार्तिक,२६,शनिवार १५:३७

36
Shares

काठमाडौं । काठमाडौं शहरबाट करिब १ सय ६३ किलोमिटरको दुरीमा रहेको अजिरकोट गाँउपालिकाको भच्चेक बजार कोलाहल वातावरणबाट मुक्त हुन र रिफेस्मेन्टका लागि नयाँ गन्तव्य बन्दै गएको छ। सामुद्रिक सतहबाट १ हजार ७ सय ५० मिटर उचाईमा रहेको सो ठाँउको चिसो हावापानी ओरिपरि देखिने हिमालले जो कोहिलाई पनि आनन्दित बनाउछ।

पक्की सडक सञ्जालले जोडिएको सो क्षेत्रमा हिजो आज आन्तरिक पर्यटकहरु बासै बस्ने गरि घुम्न आउने गर्दछन् । गोरखा सदरमुकामदेखि बाह्रकिलो हुँदै साना गाडीदेखि पनि सहजै भच्चेक पुग्न सकिन्छ।

बाह्रकिलोबाट करिब ४५ किलोमिटरको दूरी पार गरेपछि भच्चेक पुगिन्छ । पालुङटार नगरपालिकाहुँदै पनि कालोपत्रे सडक भएर भच्चेक पुग्न सकिन्छ। उच्च पहाडी भेग र त्यहाँसम्म पुग्ने सडक कालोपत्रे भएका कारणले पनि आन्तरिक पर्यटकको रोजाईमा भच्चेक परेको छ।
भच्चेकबाट गोरखा र लमजुङका बेसी समथर फाँट पनि देखिन्छ। उच्च पहाडी भेग भएकाले त्यहाँको हावपानी चिसो छ। सफा मौसम भएका बेला हिलचुलि बौद्ध, गणेश,र अन्नपूर्णजस्ता थुप्रै हिलाम पनि नजिकै देखिन्छ।

वरिपरि गुरुङ, तामाङ, ब्रामण र क्षेत्रि गाँउ रहेको सो क्षेत्रमा विभिन्न जातिका विभिन्न जातिय संस्कार तथा सँस्कृति अबलोकन पनि गर्न सकिन्छ। भच्चेक बजारबाट केवल १५ मिनेटको दुरीमा रहेको नम्की गाँउमा पर्यटकहरुका लागि घरबासको समेत व्यवस्था भएको गाँउ हो

विशेष त बाक्लो तामाङ समुदाय रहेको सो गाँउमा स्थानिय खानाको व्यवस्था, पर्यटकहरुको मनोरञ्जनका लागि नाचगानसमेत हुने गर्दछ । अजिरकोट गाउँपालिकामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा होमस्टेहरु पनि सञ्चालनमा छन्। १० घरधुरीमा २० देखि ४० जनासम्म पाहुना राख्ने गरी होमस्टे सञ्चालन पनि गरिएको छ।

यस्तै, भच्चेक क्षेत्रबाट एतिहासिक चेपे नदि, धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित दुध पोखरी, नागे पोखरी र निम्चे पोखरीको पैदल यात्रासमेत गर्न सकिन्छ ।

तस्बिरहरु :-

प्रकाशित मिति: २०७९,कार्तिक,२६,शनिवार १५:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक शिलान्यास गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले गोरखा पालुङटारमा २० किलोमिटर सडकको

काठमाडौं । बिहान ८ बजेबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६