रुपाकोट विद्यालयले पायो चार कोठे पक्की भवन

लोकपथ
28
Shares

जुम्ला । हिमा गाउँपालिकामा रहेको रुपाकोट आधारभुत विद्यालय बाजागाडले पक्की भवन पाएको छ ।  कक्षा कोठा अभाव झेलिरहेको यस विद्यालयले राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत चार कोठे पक्की भवन पाएको हो ।

प्रधानाध्यापक शान्ति शाहीका अनुसार हिमा गाउँपालिका कै दुर्गम गाउँ बाजागाडा र रुपाकोट आधारभुत विद्यालयमा अध्यनरत बालबालिकाले भवन अभावमा निकै दुस्ख झेलिरहेका थिए । उनका अनुसार चार कोठे भवन निर्माण भएपछि अब विद्यार्थीले राहत महसुस गर्ने छन् । प्रधानाध्यापक  शाहीले  सरोकारवाला निकायको सहयोगमा भवन निर्माणपछि तीन कोठामा ६ कक्षा सन्चालन गर्नु पर्ने बाध्यता हटेको बताए । उनले भनिन्, ‘बालबालिकाले सुख मनले कक्षा कोठमा बस्न पाउने भएका छन् ।’ उनका अनुसार ३६ लाख लगानीमा टिनले छाएको दुई तले पक्की भवन निर्माण भएको  छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भवन उद्घाटन गरेका छन् । अध्यक्ष शाहीले अब विद्यालयमा आउने बिग्रिएको बाटो बनाउने र घेरबारमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?