काठमाडौं । लोकतान्त्रिक-वाम गठबन्धनले आज चितवनमा आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवनमा रहो छन्। प्रधानमन्त्री देउवा काठमाडौंबाट शनिबार बिहान चितवन पुगेका हुन् । म
प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जाने कार्यक्रम रहेको छ । गुरुङकी पत्नी शीरमाया गुरुङको कात्तिक २० गते निधन भएको थियो । समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङनिवास जान लागेका हुन् ।
त्यहाँबाट गैँडाकोटका सामाजिक र राजनीतिक व्यक्तित्व स्व तिलक सापकोटाको निवास पुग्नेछन् । सापकोटाको यही कात्तिक २३ गते निधन भएकामा परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गैँडाकोट जान लान लागेका हुन्। त्यहाँबाट फर्किएर भरतपुरस्थित गेस्टहाउस चौरमा हुने सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीलगायतका नेताले सम्बोधन गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए।
कार्यक्रमपछि आजै प्रधानमन्त्री देउवासहित शीर्षनेताहरू फर्कने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया