रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले केपी ओली अझै संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा सक्रिय रहेको बताएका छन् ।
पुनले ओलीले राजावादी र विखण्डनकारीहरुको अपवित्र गठबन्धन बोकेर चुनावमा भोट माग्दै हिंडेको आरोप लगाएका हुन् । आफूहरुले विगतमा ओलीबारे गर्दै आएको टिप्पणी उनको चुनावी गठबन्धनमा रहेका दल र व्यक्तिहरुका अनुहार र चरित्रबाट प्रष्ट भएको पुनको भनाइ थियो ।
‘आज फेरि प्रतिगामी सोच राख्नेहरु, संविधानमाथि पटकपटक प्रहार गर्नेहरु चुनावी गठबन्धनका नाममा जुर्मुराई रहेका छन् । लोकतान्त्रिक वाम गठबन्धनविरुद्ध अपवित्र खालको गठबन्धन बनेको छ’, गृहजिल्ला रोल्पाको सुलैचौधरमा लोकतान्त्रिक वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ।
‘पटकपटक संविधान च्यात्नेहरु, प्रतिगमनको प्रयास गर्ने, लोकतन्त्रमाथि चुनौती खडा गर्नेहरु, हिजोका राजावादीहरु, मधेसलाई अलग राज्य बनाउन चाहनेहरु, विभिन्न खाले विखण्डनवादी र साम्प्रदायिक सोच राख्ने शक्ति तथा व्यक्तिहरुको प्रतिगामी मोर्चा जनताविरुद्ध खडा गरिएको छ । हामी मंसिर ४ मा यसलाई परास्त गर्नैछौं ।’ पुनले केपी ओलीले जनताले स्थायित्व र विकासका लागि ०७४ को निर्वाचनमा दिएको जनमतमाथि अपमान गर्दै दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रतिवादका लागि गठवन्धन निर्माण गरेको बताए ।
राज्यका सबै संयन्त्र आफ्नो नियन्त्रणमा लिने तथा संविधान र व्यवस्थामाथि हमला गरेर ओलीले निर्वाचित तानाशाह बन्न खोजेपछि उनलाई रोक्न गठबन्धन निर्माण गरिएको चर्चा पुनले गरे ।
‘देशमा प्रतिगमन भयो । दुईपटक संसद विघटन गरियो । लोकतन्माथि प्रहार भयो । संविधान च्यात्ने काम भयो । नेपाल जनताका आकांक्षामाथि प्रहार गर्ने काम भयो । त्यसलाई बचाउने क्रममा हामीले लोकतापन्त्रिक–वाम गठबन्धन बनायौं । सडकबाट, अदालतबाट, विभिन्न मोर्चाहरुबाट हामीले प्रतिवाद गरेर संविधान र लोकतन्त्रको रक्षा गर्यौं । यो सडकबाट निर्माण गरेको गठबन्धन हो । राजनीतिक आधारमा निर्माण गरेको गठबन्धन हो । लोकतन्त्रको रक्षाको लागि राजनीतिक स्थायित्वको लागि बनाइएको गठबन्धन हो’, उनले भने ।
स्थानीय निर्वाचनमा गरिएको गठबन्धनले देशैभर राम्रो परिणाम आएको र त्यसले धेरै हदसम्म प्रतिगमनलाई कमजोर बनाउने काम गरेको भन्दै यसपटककको चुनावीले प्रतिगमनले घुँडा टेक्ने बताए । प्रतिगामविरुद्ध आफूहरुले निर्माण गरेको गठबन्धन राजनीतिक गठबन्धन भएको उनको भनाइ थियो ।
उनले निर्वाचन जितेर केही मानिस प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री बन्नका लागि नभई व्यवस्था बचाउन तथा बलियो सरका निर्माण गरी मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आफूहरुले गठबन्धन बनाएको तर्क गरे । पुनले निर्वाचनपछि संघ तथा सातवटै प्रशदेशमा पाँच वर्षसम्म वर्तमान सत्ता गठबन्धनले स्थायित्वसहितहको सरकार निर्माण गरेर जनताको विकासको चाहना पुरा गर्न काम गर्ने प्रतिबद्धता जनाए ।
उनले आफूहरुले चुनाव जितेपछि संसद विघटन नगर्ने प्रतिबद्धता पनि जनाए । केपी ओलीले जसरी भ्रष्टाचारीको मुख हेर्दिन भन्ने तर, भ्रष्टाचारीलाई काखमा राख्ने काम आफूहरुबाट नहुने उनले बताए ।
ओलीले लोकतन्त्रका नाममा सम्पूर्ण राज्य संयन्त्र कब्जा गरेर सबैलाई आतंकित बनाउने काम गरेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया