एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्ने

लोकपथ
52
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाँदैछन् । कात्तिक १८ मा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने छन् । ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ओलीले कात्तिक १८ मा दाुर्चला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?