धनुलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

लोकपथ
546
Shares

काठमाडौं । आजमिति २०७९, कार्तिक, २६ गते शनिबार । तद्नुसार नोभेम्बर १२ तारिक २०२२ । मार्गकृष्णपक्ष चर्तुर्थी, बव करण, मृगशिरा नक्षत्र, सिद्ध योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः२३ मा र सूर्यास्त ५ः१४ मा हुनेछ । आज बिहान ९ः०६ देखि १०ः२७ सम्मको समय राहुकाल रहेको छ ।

यो समयमा आजको दिन शुभकार्य गर्नु हुँदैन । ११ः२७ देखि १२ः१० सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय आजको दिन शुभ समय हो । आजका देवता कार्तिकेय, ग्रहदेव केतु हुन् । पिपलको वृृक्षमा जल अभिषेक गर्नु उत्तम हुनेछ ।

आजको दिन यात्राका लागि उत्तम समय रहेको छ । सामाजिक कामका लागि आज अति उत्तम रहेको छ । धार्मिक कार्यको लागि, धार्मिक क्षेत्रको यात्राका लागि समेत आजको दिन उत्तम छ । आजको दिन दीर्घकालीक प्रभाव पार्ने खालको निर्णय गर्नु हुँदैन ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन व्यापार व्यवसायबाट अर्थ लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग पाइने छ । परिवारको साथ सहयोगले कार्ययोजना सफल हुनेछ । यात्राबाट फाइदा हुनेछ । आज सूर्योदयपछि मात्र यात्रा गर्नुपर्छ । पूर्वदिशा तर्फको यात्रा फलदायी हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन अर्थलाभ हुनेछ । व्यापारबाट फाइदा हुनेछ । सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । आजको दिन बिहान स्नान गरेपछि सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन परिवार र आफन्तजनले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । मिथुन राशिका जातकका लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै उत्तम हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयका दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कसैसँग विवाद भयो भने हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । आज बिहान स्नान गरेपछि सूर्यनारायणलाई जल अर्पण र दर्शन गर्नुभयो भने साता नै सफल हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट आर्थिक लाभ समेत हुनसक्नेछ । आज कुनै देवालयको दर्शन गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आज आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीकोे साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी अथवा साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले मनमा शान्ति प्राप्त हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ । आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन शुभ कार्यको सम्भावना बढी हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले सफलता मिल्नेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नै सकारात्मक उर्जा मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् । देवालय र शिवालयको यात्राले मनमा प्रसन्नता छाउनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकालाई केही खानेकुरा दिनुभयो भने उत्तम रहनेछ । आजको दिन फलामका सामान खरिद गर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातकका लागि फाइदा हुनेछ । आफन्तजनसँगको यात्राले खुसियाली छाउने छ । बिहान स्नान, सूर्योदयको दर्शनपछि अध्यात्म ग्रन्थको अध्ययन, मनन, चिन्तन र श्रवणले उर्जा मिल्नेछ । आजको दिन शैक्षिक कार्ययोजना बनाउँदा सफलता मिल्नेछ । शिवालयको दर्शन गर्दा उर्जा मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?