सानिमा बैंकद्वारा काठमाडौंको सितापाइलामा शाखा विस्तार

लोकपथ
91
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको सितापाइलामा शाखा विस्तार गरेको छ । बैंकले शाखा कार्यालयको उद्घाटन गर्दै आफ्नो सेवा विस्तार गरेको हो । शाखाको सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंक का ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा एटिएमहरु सञ्चालनमा रहेको बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?