नेपाल टेलिकमको ग्रुप म्यासेज सेवा प्रभावकारी

लोकपथ
39
Shares

काठमाडौं । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश अर्थात ग्रुप म्यासेज सेवा प्रभावकारी बनेको जानकारी दिएको छ । यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ ।

यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ । यस अफरमा आवश्यकता बमोजिम दुई हजार, पाँच हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

जम्मा दुई हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत एक हजार (एक हजार,करबाहेक) मा दुई दिन भित्रमा दुई हजार सन्देश पठाउन सकिने छ । यसैगरी पाँच हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा २५ सय रुपैयाँ (२५ सय कर बाहेक) मा पाँच दिन भित्रमा पाँच हजार सन्देश पठाउन सकिने छ ।

यसका साथै १० हजार वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा पाँच हजार रुपैयाँ (पाँच हजार,करबाहेक) मा १० दिन भित्रमा जम्मा १० हजार हजार वटा सन्देश पठाउन सकिने छ । यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्वेवार हुनु पर्ने नेपाल टेलिकमले जानकारी दिएको छ । यो सेवा प्रयोग गर्नका लागि ग्रुपएसएमएस डट एनटिसी डट नेट डट एनपी  लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो सम्र्पकमा भएका नम्बरहरु एक्सेल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?