कुमारी बैंक लिमिटेड र ‘द हिमालयन गृल बाइ बाजेको’बीच सम्झौता

लोकपथ
39
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको टोखास्थित “द हिमालयन गृल बाइ बाजेको” बीच आफ्ना ग्राहकहरुलाई सेवाहरुमा, कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड वा क्यूआरमार्फत भुक्तानी गर्दा, विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । द हिमालयन गृल बाइ बाजेको तर्फबाट सञ्चालक मौसम कुमार श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेका छन् ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस्तो सहकार्य गरेको हो । यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड वाहकहरु वा क्यूआर प्रयोगकर्ताहरुले “द हिमालयन गृल बाइ बाजेको” टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?