गरिमा विकास बैंकद्वारा १४ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव

लोकपथ
52
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडले १४ दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको बिहिवार (हिजो) २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७८/७९ को मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्न लागेको हो ।

बैंकका अनुसार हाल कायम चुक्ता पूँजी चार अर्ब उन्साठी करोड आठ लाख त्रीहत्तर हजार पाँच सय एक र उनानब्बे पैसाको १३.०० प्रतिशत बराबर बोनस सेयर बापत हुन आउने उन्साठी करोड अठसठ्ठी लाख तेह्र हजार पाँच सय पचपन्न र पच्चीस पैसा तथा १ खशमदव ५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) छ करोड अठासी लाख त्रीसठ्ठी हजार एक सय दुई र पैसा त्रीपन्न मात्र) गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम छैसठ्ठी करोड छपन्न लाख छहत्तर हजार छ सय सन्ताउन्न रुपैयाँ अठहत्तर पैसा लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरे बमोजिम वितरण गरिने बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?