जिसस बैतडीका सदस्य भाटमाथि फेसबुकमार्फत भ्रम फैलाएको आरोप

लोकपथ
140
Shares

बैतडी । जिल्ला समन्वय समिति बैतडीका सदस्य एवं पाटन नगरपालिका-९ का वडा सदस्य प्रेमसिंह भाटले सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोप लागेको छ । भाटले पाटन-९ का निवर्तमान वडाध्यक्ष एवं निवर्तमान नगर प्रवक्ता एमाले बैतडी जिल्ला कमिटी सदस्य लोकेन्द्र भण्डारीलाई स्थानीयहरूले लखेटेको भन्दै फेसबुकमा पोष्ट गरेका थिए ।

यस विषयमा भाटसँग कुरा गर्न खोज्दा उल्टै आमाचकारी गालीग्लौज गरेको भण्डारीले बताए । पत्रकार महासंघ बैतडीका पूर्वअध्यक्षसमेत रहेका भाटले सामाजिक सञ्जाल फेसबुकमा ‘निवर्तमान पाटन नगरपालिका बैतडीका प्रवक्ता लोकेन्द्र भण्डारी भर्खरै बल्लासौँबाट लखेटिए’ भन्दै पोष्ट गरेका थिए । केही समयपछि आफैले सच्याइएको भन्दै ‘पाटन(१ बल्लासौँ बाट लखेटिए’ मात्रै लेखेर पोष्ट परिवर्तन गरेका छन् । भाटको पछिल्लो पोष्टमा नाम उल्लेख छैन ।

भण्डारीले भने आफूहरु नेता कार्यकर्तासहित चुनाव प्रचार प्रसारमा वडा नम्बर १ र ७ मा रहेको र प्रचार प्रसारमा कुनै त्यस्तो घटना नभएको बताएका छन् । भाटले बिनाप्रमाण र बिनाआधार भ्रम फैलाएको भण्डारीले बताए । यस विषयमा आफू कानुनी उपचार खोज्ने उनको भनाइ छ । यो विषयलाई लिएर सामाजिक सञ्जालमा भाटको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?