जुम्लाका दुई पालिकामा टेलिकमको टावर निर्माण

लोकपथ
42
Shares

जुम्ला  । आगमामी ४ मंसिरमा हुने निर्वाचनलाई मध्यनजर गर्दै जुम्लाको कनका सुन्दरी र पातारासी गाउपालिकामा नेपाल टेलिकमको रिपिटर टावर राखेको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार निर्वाचन नजिकिँदै गर्दा  सञ्चारसेवा सुविधा नभएका स्थानमा टेलिकमको टावर राखिएको हो । सञ्चारसेवा सुविधा नहुँदा समस्या हुने भएकाले चुनावअघि नै टावर निर्माण गर्न पहल गरिएको उनले बताए ।

प्रजिअ केशरीका अनुसार नयाँ टावर राख्दा निर्वाचनको समयमा फाने सम्पर्क गर्न सजिलो हुने  त्यहाँका स्थानीयले फोन सेवा लिन पाउने भएका छन् । तर, यहाँको नेपाल टेलिकमको क्षमता बढाउन आवश्यक छ । उनका अनुसार टेलिकमले साना समस्या आउँदा पनि  एक हप्तासम्म सेवा अवरुद्ध हुने समस्या समाधानका लागी टेलिकमको केन्द्रीय कार्यलयलाई समेत भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?