रौतहट। चुनावको मुखमा जनता समाजवादी पार्टी नेपालका नेताहरूका धमाधम पार्टी नीति विपरीत काम गर्न थालेका छ्न्।
जसपा रौतहटको जिल्ला अध्यक्षले पार्टी परित्याग गरेको केही दिन नबित्दै जसपाको अर्का नेता अनिल यादव खुलेर काङ्ग्रेसलाई समर्थन गरेका छ्न्।
अनिल यादव जसपा नेपालबाट गरूडा नगरपालिकाको मेयर प्रत्याशी थिए। उनै यादवले रौतहट ३(ख) का लागि नेपाली कांग्रेसका प्रदेश उम्मेदवार जितेन्द्र यादवलाई भोट हाल्न सार्वजनिक आव्हान गरेका छ्न।
जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिने यादवले पार्टीभित्रको आन्तरिक किचलो र नेताहरुको गुटगत गतिविधि देखिन्छ ।
एमालेसँग गठबन्धन गरेपनि जसपाका यादव निकट नेताहरूले कांग्रेसको यादव उम्मेदवारलाई सघाउने ‘अप्रत्यक्ष’ नीति लिएको अनिल यादव निकटको स्रोतबाट बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया