आज वसन्तपुरमा राप्रपाको चुनावी सभा, राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ । चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो ।

सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अभिनेतृ मनिषा कोइरालाले समेत सभामा सम्बोधन गर्ने कार्यक्रम छ । मनिषाले पनि ट्वीट गरेर यसबारे जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?