प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई

लोकपथ
91
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा.बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् ।

काठमाडौं १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे ।

May be an image of 7 people, people standing and outdoors

‘अहिलेको निर्वाचन विशिष्ठ छ । सामान्य अवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाँइ हो । उहाँ योग्य व्यक्ति हुनुहुन्छ । स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ ,’ उनले भने,‘ हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ ।’

May be an image of 10 people and people standing

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?