१३ माघ २०७९, शुक्रवार

एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको सहज जित

२०७९,कार्तिक,२५,शुक्रवार ०८:३६

72
Shares

काठमाडौं । एस्टन भिल्लालाई ४–२ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड इङलिस लिग कपको अन्तिम १६ मा स्थान बनाएको छ । बिहीबार रातिको जितसँगै आइतबार इङलिस प्रिमियर लिगमा एस्टन भिल्लासँग व्यहोरेको ३–१ हारको बदला समेत युनाइटेडले लिएको छ ।

४८औं मिनेटमा ओल्ली वाट्किन्सको गोलमा एस्टन भिल्लाले अग्रता लिएको थियो । तर त्यसको एक मिनेटपछि नै एन्थोनी मार्सियलले युनाइटेडलाई खेलमा फर्काएका थिए । ६१ औं मिनेटमा युनाइटेडका डिएगो डालोटको आत्मघाती गोलमा एस्टन भिल्लाले २–१ को अग्रता लिएको थियो ।

६७ औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडलाई खेलमा फर्काएका थिए । ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता ३–२ मा पुर्याएका थिए । इन्जुरी समयको पहिलो मिनेटमा स्कट म्याक्टोमिनेले युनाइटेडका लागि चौथो गोल गरे । यसअघि नै साविकको विजेता लिभरपुल, म्यानचेस्टर सिटी र लेस्टर सिटीले पनि अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति: २०७९,कार्तिक,२५,शुक्रवार ०८:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन

काठमाडौं । सातौं वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड हात पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रुपेश अधिकारीले अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई पत्र लेखेका छन् ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६