एकीकृत विकासको अवधारणाअनुसार काम गर्ने

लोकपथ
65
Shares

कास्की । आसन्न मंसिर ४ को आम निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै एकीकृत विकासको अवधारणाअनुरुप काम गर्ने बताएकी छन् ।

निर्वाचन अभियानका क्रममा पोखरा महानगरपालिका वडा नं ३३ पुग्नुभएकी भट्टराईले मतदाताको चाहना स्थानीयको आवश्यकतालाई प्राथमिकीकरण गरेर योजनाबद्ध एकीकृत विकासको अवधारणालाई साकार पार्ने बताइन् ।

पूर्वमन्त्री स्व.रवीन्द्र अधिकारीको जन्मथलो रहेको भरतपोखरीका जनताले सङ्घीय र प्रदेशका दुवै प्रत्यक्षका उम्मेदवार आफ्नै वडाले पाउनु ऐतिहासिक रहेको जनाउँदै यो महत्वपूर्ण अवसरलाई सही सदुपयोग गरेर मतदाताको मन जित्नसमेत सुझाव दिएका छन् ।

स्थानीयले विसं २०६६ मा पर्यटन क्षेत्रका रूपमा घोषणा गरेको उक्त क्षेत्रमा पर्यटकीय विकासको थप काम प्रतिबद्धतापत्रमा समावेश भएको र अब त्यसको कार्यान्वयनका लागि तदारुकता देखाउन आग्रह गरेका थिए । सो अवसरमा उम्मेदवार भट्टराईले यसअघि आफू सांसद हुँदा भएका विकास निर्माणको जानकारी गराएकी थिइन् ।

त्यसैगरी कास्की–२ (१) प्रदेशसभा सदस्य पदका उम्मेदवार भीमबहादुर कार्कीले पोखरा महानगरका वडामा पर्ने वरपरका डाडाँलाई महानगरीय विकासको अवधारणाअनुसार विभिन्न मोडलमा विकास गर्ने भन्दै पोखरा–३३ र २१ लाई ‘ग्रिन हिल सिटी’ का रूपमा विकासको योजना रहेको बताए ।

उनले एमाले नेतृत्वको प्रदेश सरकारको पालामा निर्माण प्रक्रिया थालनी भएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान र औद्योगिक क्षेत्रका स्थानीयको माग व्यवस्थापन गरेर मात्रै निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?