सामसङले ल्यायो ‘ग्यालेक्सी’ ए०४’ बजारमा

लोकपथ
0
Shares

काठमाडौं । सामसङले नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य र आदर्श फोन बजारमा ल्याएको छ । सामसङले ग्यालेक्सी ए०४ले नेपाली बजारमा ल्याएको हो । नेपाली बजारमा सामसङले ल्याएको ग्यालेक्सी ए०४ फोनले सस्तो मूल्यमा सामसुङ रिलिजहरूको लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुको साथै अपग्रेडहरू पनि ल्याएको छ, जसले नयाँ फोनलाई युवा प्रयोगकर्ताहरूको माझ एक आदर्श फोन बनाउने कम्पनीले विश्वास लिएको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार ‘सामसङले सधैं ग्राहकहरूलाई विश्वासको भावना दिन सक्ने विश्वसनीय उत्पादनहरू लिएर आएको हुन्छ । यहि ब्रान्ड पेडिग्रीको साथ नयाँ एन्ट्री–लेभल स्मार्टफोन ग्यालेक्सी ए०४ लन्च गरेको र जसले प्रयोगकर्ताहरुका पलहरूलाई उत्कृष्ट ५०एम पी क्यामेराबाट क्याप्चर गर्ने तथा ठूलो ज्वलन्त स्क्रिन र दलबी एत्मोसको उत्कृष्ट अडियोसँग प्रयोगकर्तालाई गुणस्तर कन्टेन्ट खपतको अनुभव प्रदान हुन्छ ।’

नयाँ ग्यालेक्सी ए०४मा ५०एम पी क्यामेरा रहेको छ, जुन स्मार्टफोनको यो किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ । धेरै ग्राहकहरूको लागि पहुँचयोग्य फोनमा उच्च गुणस्तरको क्यामेरा भएको कारणले यस फोनबाट अझ धेरै प्रयोगकर्ताहरुले आफ्ना बहुमूल्य क्षणहरू र सम्झनाहरू खिच्न मौका पाउनेछन । उच्च गुणस्तरको क्यामेराले प्रयोगकर्ताहरूलाई ती पलहरू र सम्झनाहरूलाई थप परिभाषित गर्ने मौका दिन्छ, प्रत्येक क्लिक र क्लिपहरूलाई थप डिटेल दिन्छ, जसले भविष्यमा गरेर हेर्दा त्यो पलहरुलाई अझ जीवित बनाउछ ।

५००० एम ए एच इन–बक्स ब्याट्री भएको १५ वाट फास्ट चार्जरले प्रयोगकर्ताहरूलाई उनीहरूको फोनसँग थप समय दिन्छ, जुन नयाँ युवा प्रयोगकर्ताहरू जसले आफ्नो फोनमा धेरै कुराहरू गर्छन, सञ्चारदेखि लिएर तिनीहरूको मोबाइल उपकरणहरू मार्फत काम गर्नसम्म गर्छन, यो उनीहरुको लागि निकै राम्रो कुरा हो ।

साथै, ६ दशमलव ५ फुल–स्क्रिन र डल्बी एटमसको आवाजको साथ ग्यालेक्सी ए०४ले प्रयोगकर्ताको मन पर्ने सबै कार्यक्रम र चलचित्रहरूको आनन्द दिने कम्पनीको दाबी छ । सामसङ ग्यालेक्सी ए०४ दुईवटा र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ। ४ जीबी + ६४जीबी भेरियन्टको मूल्य रु १६,९९९ र ३ जीबी + ३२ जीबी भेरियन्टको मूल्य रु १४,९९९ रहेको छ । यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रंगमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?