सानिमा बैंकको दराजसँग ‘दराज ११.११’ का लागि सहकार्य

लोकपथ
39
Shares

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११ दशमलव ११’ मा विशेष छुट दिने सहकार्य गर्ने भएकोे छ । बैंकले ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्ने गरि यो अफर ल्याएको हो ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु २ हजार ५ सय तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत अर्थात अधिकतम् ३ हजार रुपैँयासम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (इएमआई)सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुने बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?