दोहोरो अंकले घट्यो सेयर बजार परिसूचक

लोकपथ
13
Shares

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) बिहीवार २३ दशमलव ५२ अंकले घटेको छ । आज १ दशमलव २३ प्रतिशतले घटेको नेप्से हिजो बुधवार २ प्रतिशतले घटेको थियो । आज नेप्से १८९३ दशमलव ७० को विन्दुमा पुगेर रोकिएको छ ।

सबै समूहको सेयर बजार घटेर राताम्मै भएकोमा माइक्रोफाइनान्स ५० दशमलव ५७, जीवन बिमा ६९ दशमलव ७७, विकास बैंक ४८ दशमलव १, हाइड्रो पावर ४१ दशमलव १८, होटल तथा पर्यटन २८ दशमलव २ र अन्य ३३ दशमलव ५७ ले घटेको छ ।

ट्रेडिङ २१ दशमलव ७८, निर्जीवन बिमा ८८ दशमलव ५४ अंकले ओरालो लागेको छ । १८५ कम्पनीको कारोबार हुँदा १३ कम्पनीमा मात्र सुधार आएको र १७१ कम्पनीमा भने आरालो लागे र एक कम्पनी मात्र स्थिर रहेको छ ।

नेपाल स्कट एक्सचेन्जका अनुसार ३१ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४ सय ११ बढीमामा कारोबार भएको छ । सबैभन्दा धेरै शिभम सिमेन्ट १० करोड २२ लाख ३५ हजार बढी रुपैयाँको सेयर किनबेच भयो । मन्दाकीनी हाइड्रोपावरको सेयर ३ दशमलव ९२ प्रतिशत आम्दानी गरेको छ भने सिन्धु विकास बैंकको २ दशमलव ७७ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?