सत्तारुढ गठबन्धनको टोली कर्णालीको चुनावी अनुगमनमा  

लोकपथ
42
Shares

जु्म्ला । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीसहितको गठबन्धनको टोली  जुम्ला आइपुगेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य  निर्वाचनको प्रचारप्रसार भइरहँदा टोली गठवन्धनको अवस्था बुझ्न जुम्ला आइपुगेको हो  ।

अध्यक्ष केसी, कांग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्ण रोकाया, एकीकृत समाजवादीका प्रदेश सचिव ठगेन्द्र प्रसाद पुरीसहितको टोलीले निर्वाचनमा गठबन्धन  जिताउनका लागी कर्णाली प्रदेशका सबै जिल्लामा अनुगमन गरिरहेको हो  ।

विमला केसी निर्वाचन परिचालन तथा अनुगमन समितिको संयोजक हुन । टोलीले कर्णालीका सबै जिल्लामा पुगेर भेटघाट छलफल गर्नेछ ।

अध्यक्ष केसीका अनुसार सल्यान, रुकुम, जाजरकोट, सुर्खेत, हुम्ला, मुगु, जुम्लामा अनुगमन सम्पन्न गरेको छ । जुम्लामा अनुगमन टिमले पार्टीको दुई तहको नेतृत्व, नागरिक र स्वतन्त्र व्यक्ति सँग समेत निर्वाचनमा गठवन्धनको अवस्थाका छलफल गरेको छ ।

गठबन्धनका नेताहरु माओवादीका कर्णाली अध्यक्ष केसी र काग्रेसका प्रदेश महामन्त्री रोकायाले आ(आफ्नो पार्टीसँग पनि छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?