मंसिर २ देखि सामुदायिक लघुवित्तको ३ लाख कित्ता अार्इपीअो खुल्ने

काठमाडाैं ः काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्थाले मंसिर ३ गतेदेखि ३ करोड रूपैयाँ बराबरको ३ लाख सार्वजनिक प्राथमिक निष्काशन (अार्इपीअो) बिक्री खुलाउने भएको छ । 

गत माघमा नै यो लघुवित्तले अार्इपीअो बिक्रीका लागि अाब्हानपत्र सार्वजनिक गरेपनि शेयर निष्काशन गर्न पाएको थिएन । झन्डै २ करोढड ५० लाख रूपैयाँ घोटाला भएको ठहरसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीअार्इबी) ले संस्थाका ४ जना पदाधिकारीहरूलार्इ पक्राउ समेत गरेको थियो । 

अावश्यक प्रकृया पुरा गरेपछि नेपाल राष्ट्र बैंकले यो लघुवित्तलार्इ अार्इपीअो निष्काशनको अनुमति दिएको हो । सामुदायिकले जारी गर्न लागेको ३ लाख कित्ता अार्इपीअोमध्ये सर्वसाधारण लगानीकर्ताले २ लाख ७३ हजार कित्ताका लागि मात्र अावेदन दिन पाउनेछन् । बाँकीमध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

यो लघुवित्तको अार्इपीअोमा लगानीकर्ताले न्यूनतम पचास र अधिकतम पाँच हजार कित्ताका लागि अावेदन दिन सक्नेछन् । अार्इपीअो निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबीअार्इ मर्चेन्ट बैंकिङ लिमिटेडले पाएको छ । 

यो संस्थाको चुक्तापूँजी ७ करोड रूपैयाँ रहेको छ । अार्इपीअो निष्काशनपछि यसको अाकार १० करोड रूपैयाँ पुग्नेछ । 

यो पनि ः 

सामुदायिक लघुवित्त संस्था काभ्रेमा साढे दुई करोड घोटाला, सीइओसहित चार पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?