साउनदेखि असोजसम्ममा १ अर्ब ८८ करोडको अार्इपीअो जारी गर्ने अनुमति

काठमाडाैं : पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेवोन) ले साउनदेखि असोजसम्ममा १ अर्ब ८८ करोड रूपैयाँ बराबरको प्राथमिक निष्काशन (अार्इपीअो) जारी गर्ने अनुमति दिएको छ । 

चालु अार्थिक बर्षको पहिलो त्रैमासमा बोर्डले ४ वटा संगठित संस्थाहरूलार्इ अार्इपीअो बिक्रीको अनुमति दिएको जनाएको छ।

अार्इपीअो निष्काशनका लागि २५ वटा कम्पनीहरूले अावेदन दिएकोमा बोर्डले ३ वटा जलविधुत कमपनी र एउटा लघुवित्तलार्इ अार्इपीअो निष्काशन अनुमति दिएको हो ।

अार्इपीअो निष्काशनको अनुमति कुरेर बसेकामध्ये १० वटा कम्पनीको निवेदनमाथि बोर्डले प्रारम्भिक पुनरावलोकन गरिरहेको जानकारी दिएको छ ।

२ वटा संस्थालार्इ थप कागजात पेश गर्न र ४ वटा लघुवित्त कम्पनीहरूलार्इ बैंक तथा वित्तीय संस्थासम्बन्धी एेन, २०७३ को व्यवस्था अनुसार अार्इपीअो निष्काशन गर्न बोर्डले सूचित गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?