जुवाको डरलाग्दो खेल, यसो भन्छ प्रहरी

म्याग्दी, २ कात्तिक – चाडपर्वको समयमा जुवातास खेल्ने र खेलाउनेहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले सक्रियता बढाएको छ । पछिल्लो एक सातामा तीन वटा जुवाखालमा छापा मारेको छ । प्रहरीले बुधवार बेनी नगरपालिका–८ स्थित कुमारी पुनको घरबाट घरधनी पुन सहित ७ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ । पुनको घरमा जुवातास खेलीरहेकाबाट नेपाली नोट, जुवा खेल्न प्रयोग गरीने क्वाईन समेत बरामद गरीएको र पक्राउ परेका ब्यक्तिहरुलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सामाजिक विकृतीको रुपमा रहेको जुवा नियन्त्रण “अपरेशन” अन्र्तगत एक हप्तायता तिन वटा जुवाघरमा छापा मारेर २३ जना जुवाडेहरुलाई पक्राउ गरिसकेको छ । असोज २८ गते बेनीको पिपलचोक स्थित दिपशिखा होटलमा जुवा खेलीरहेको अबस्थामा नगद तेह्र हजार र ४ बुक तास सहित ७ जनालाई पक्राउ गरेको थियो । असोज ३१ गते बेनपा ९ गलेश्वर स्थित रमेश पुनको घरमा छापा मार्दा घरधनी पुन सहित तास खेलीरहेका ९ जना पक्राउ परेका छन् । उनिहरुको साथबाट नगद तिन हजार ८०० रुपैया र ४ बुक तास बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका जुवाडेहरुको नाम भने प्रहरीले सार्वजनीक गरेको छैन । पक्राउ पर्ने जुवाडेहरुमा राजनितिक कार्यकर्ता, जनप्रतिनिधि देखि समाजका बरिष्ठ भनिएका व्यक्तिहरु समेत रहेका थिए । यता प्रहरी जुवातास विरुद्ध अप्रेशन सुरु गरेको बताएपनि बेनीमा कोठा भाडा लिएरै ब्यवसायीक रुपमा जुवा तास खेलाउनेहरु सम्म भने प्रहरी अझै पुग्न सकेको छैन ।प्रहरीले सक्रियता बढाएपनि ठूला र व्यवसायीक जुवाघरहरुमा भने अझैपनि प्रहरीको अप्रेशन पुग्न नसकेको बेनीका स्थानीयबासी बताउँछन् । बेनीमा दैनिक लाखौँ रुपैयाँ सम्म हारजित गर्ने खालहरु रहेका छन् । यिनिहरु कहिले पुग्छन प्रहरीको हिरासतमा प्रतिक्षा गरिरहेका छन् । अहिले जुवातास विरुद्ध प्रहरीले थालेको सक्रियतालाई सकरात्मक रुपमा लिएका बजारबासीले चाडपर्वमा मात्रै होईन अन्य समयमा समेत नियमित जुवातास खेल्ने र खेलाउनेहरुसम्म प्रहरीको अप्रेशन कहिले पुग्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?