शेयर बजार थामियो : दोहोरो अङ्कले वृद्धि


लोकपथ
प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १०:४४

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सुधार आएको छ । कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । 

नेप्से परिसूचक ११ दशमलव ९२ बिन्दुले बढेर एक हजार २१९ दशमलव २० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ५१ बिन्दुले वृद्धि भई २५९ दशमलव ३२ बिन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि भएपनि कारोवार रकममा भने वृद्धि हुन सकेन । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर रु २४ करोड ४५ लाख ७० हजार ५५२ मूल्यमा खरीद बिक्री भएका छन् । 

अधिकांश उपसमूहको शेयर कारोवारमा वृद्धि हुँदा बजार हरियाली भएको हो । बैङ्किङ ११ दशमलव ५२, होटल ३७ दशमलव ६२, विकास बैङ्क १३ दशमलव ५९, जलविद्युत् ७ दशमलव ५९, वित्त २ दशमलव शुन्य सात, निर्जीवन बीमा ८७ दशमलव ४५, उत्पादन शून्य दशमलव ७, अन्य २ दशमलव ९, माइक्रोफाइनान्स १७ दशमलव ९८ र जीवन बीमा ४९ दशमलव ६२ बिन्दुले बढेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा सिर्जना फाइनान्स, अरुण काबेली पावर लिमिटेड र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस
शिखर इन्स्योरेन्सले कमायो ४७ करोड नाफा

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४७ करोड २९ लाख

माछापुच्छ्रे बैंकले निष्काशन गरेको बैंकले ऋणपत्र बिक्री भयो

काठमाडौं। माछापुच्छ्रे बैंकले साउन ६ गतेदेखि निष्काशन गरेको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको

१७ करोड हिनामिना गर्ने बैंक म्यानेजर पक्राउ

काठमाडौं । देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर करोडौ हिनामिना गरेको अभियोगमा पक्राउ

कृषि विकास बैंकले कमायो ५७ करोड नाफा

काठमाडौं । कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५-७६ मा कूल