जनताको जीवनस्तर बदल्ने गरी संविधान संसोधन गर्छौं : मन्त्री पौडेल

लोकपथ
14
Shares

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका छन् । बुधवार तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका हुन् ।

“जनताको जीवनस्तर बदल्नका लागि लेखिएको दस्ताबेज संविधान हो,” उनले भने, “यो जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गर्छौं ।” उनले विभिन्न प्रकारका समस्या र अप्ठ्यारो आउँदा लोकतान्त्रिक र बामपन्थी शक्ति मिलेर अघि बढेको बताए ।

लामो समयको बलिदानबाट प्राप्त उपलिब्धलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मेटाउन खोजेको बताउँदै पाँच दलिय गठबन्धन बनेको बताए । उनले सरकार बनाउनका लागि मात्रै नभई संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि ५ दलिय गठबन्धन भएको बताएका हुन् ।

राष्ट्रपतिलाई दुरुपयोग गरी दुई दुई पटक संसद विघटन गर्ने काम केपी ओलीले गरे, उनले भने, न्यायलयले संविधानको व्याख्या गर्‍यो र संविधानले सहि ट्याक समातेको छ ।

“जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्चाउने र अपमान गर्ने काम केपी ओलीले गरेका छन ।,” उनले भने, “यो सरकार परमादेशबाट जन्मिएको हो भनेर अदालतको निर्णयलाई अपहेलना गरे ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?