लोकपथ टप फिप्टिन : देउवाको कटाक्षदेखि अमेरिकी संसदमा नेपालीसम्मका खबर (भिडियोसहित)

लोकपथ
39
Shares

१. निर्वाचन आचारसंहिता अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको चेतावनी, आचारसंहिता उल्लंघन र निर्देशनको अवज्ञा गरिए कारवाही गरिने ।

२. नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति प्रधानमन्त्री शेरबहादुर देउवाको कटाक्ष, बोलेर मात्र नेपाली भूमि फिर्ता नहुने जिकिर, अतिक्रमित भूमी फिर्ता गर्न भारतसँग वार्ता गर्ने प्रतिवद्धता ।

३. डोटीमा गएको भूकम्पमा घर भत्किँदा धनजनको क्षती, ६ जनाको मृत्यु, घाइते सात जनाको उपचार हुँदै, १० घरमा पूर्ण क्षती ।

४. विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशमा राजनीतिक परिवर्तनको प्रक्रिया सुरु भएको माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को जिकिर, मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउन कांग्रेससँग गठबन्धन गरेको प्रष्टोक्ति ।

५. प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनले बहुमत ल्याउने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको दाबी, केन्द्र र प्रदेशमा गठबन्धनकै सरकार बन्ने भनाइ ।

६. चुनावलक्षित आमसभादेखि घरदैलोमा नेताहरुलाई सुरक्षा चुनौती बढ्दो, विरोध खतिवडादेखि प्रचण्डसम्मलाई आक्रमणको प्रयास ।

७. उम्मेदवारका गतिविधिबारे थप आक्रामक बन्दै निर्वाचन आयोग, ध्वनी प्रदुषण भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन ।

८. प्रदेश १ का मन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ का उम्मेदवार शेखरचन्द्र थापाको निधन, रिक्त स्थानमा नयाँ निर्वाचन कार्यक्रमका लागि बिहीवार मनोनयन दर्ता हुने ।

९. स्थानीय निर्वाचनमा गोली लागेर युवकको मृत्यु भएसँगै आक्रोशित बनेका उदयपुर कटारी नगरपालिका सोरुङ छबिसेवासीको भयो माग सम्बोधन, निर्वाचन बहिस्कारको निर्णय फिर्ता ।

१०. किसानले बिक्री गर्ने धानको मूल्य क्विन्टलमा २२६ रुपैयाँसम्मले बढ्यो, अब मोटा धानप्रति क्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकियो ।

११. कारोबारको चौंथो दिन बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट, नेप्से परिसुचक ३९.१५ अंकले घट्दा १ अर्ब ४० करोडको कारोबार ।

१२. दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, पछिल्लो २४ घण्टामै ६२ हजार बढीमा संक्रमण, ५९ जनाको मृत्यु, हालसम्म २९ हजार बढीले गुमाए ज्यान ।

१३. अमेरिकाको मध्यावधि निर्वाचन डेमोक्रयाट र रिपब्लिकन दुवैका पक्षमा सोचेजस्तो आएन परिणाम, प्रतिनिधि सभामा रिपब्लिकन र सिनेटमा डेमोक्र्याटलाई राहत, राज्य विधान सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली मुलका डा. ह्यारी भण्डारी र सराहना श्रेष्ठ निर्वाचित ।

१४. नेपाल भलिबल संघले सार्वजनिक गर्‍यो २०७९/८० सालको वार्षिक कार्यक्रम, नेपाल सुपर लिग फागुनमा हुने ।

१५. र, पाकिस्तान टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश, न्युजिल्यान्ड ७ विकेटले पराजित, दोस्रो सेमिफाईनलमा भोलि भारत र इंल्याण्ड भिड्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?