२१ माघ २०७९, शनिवार

उद्योगग्राम स्थापना गरी रोजगारी उपलब्ध गराउँछौँ : वरिष्ठ नेता पौडेल

२०७९,कार्तिक,२३,बुधबार १९:२२

27
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले जिल्लामा उद्योगग्राम र औद्योगिक स्थापना गरेर रोजगारीको व्यवस्था मिलाइने बताएका छन् ।

जिल्लाको भानु नगरपालिका–१३ पोखरीछापमा आज आयोजित कार्यक्रममा उनले कृषि, पर्यटन र ऊर्जाको विकास गरेर उद्योगग्राम र औद्योगिक क्षेत्रको स्थापना गरी लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने आफ्नो योजना रहेको बताए ।

नेता पौडेलले गाउँ–गाउँमा साना–ठूला कृषिजन्य र अन्य उद्योग स्थापना गराई स्वदेशमै रोजगारी, गाउँ–गाउँमा आम्दानीको अवसर सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको बताए । धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथामिकता दिँदै आन्तरिक एवं बाह्य पर्यटक भित्र्याएर पर्यटन क्षेत्रमा फड्को मार्ने योजना अघि बढाइएको उनले बताए ।

गठबन्धन मुलुकलाई अग्रगमनतिर लैजान गरिएको बताउँदै उनले प्रतिगामीलाई परास्त गर्न, सहिद तथा सपूतको बलिदानी, त्याग र तपस्यालाई साकार बनाउन गठबन्धन गरिएको बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन आवश्यकता देखिएकाले गठबन्धन गरी देशलाई निकास दिन सँगसँगै लागेको नेता पौडेलले जोड दिए ।

‘मैले ल्याएको केही विकासका योजना अधुरा रहेकाले त्यसलाई पूरा गर्ने बाचासहित तपाईँहरूको घरदैलोमा आएको हुँ’, उनले भने, ‘यसपटक गठबन्धनका उम्मेदवारलाई बहुमत दिएर जिताउन आग्रह गर्दछु ।’

प्रकाशित मिति: २०७९,कार्तिक,२३,बुधबार १९:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएकाछन् । बाराको कलैयामा आज

भैरहवा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन् । भैरहवामा

काठमाडौं । बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ । शनिबार दिउँसो माईतीघर

ताजा समाचार