महोत्तरी १ (क) मा राप्रपा नेपालले सत्ता गठबन्धनलाई सहयोग गर्ने

लोकपथ
104
Shares

महोत्तरी । कमल थापा नेतृत्वको राप्रपा नेपालले सत्ता गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतोलाई सहयोग गर्ने भएको छ । महोत्तरी १ (क) की उम्मेदवार रङ्गीता कर्णले उम्मेदवारी निष्कृय बनाएको घोषणा गर्दै लोसपाका उम्मेदवार महतोलाई सहयोग गर्ने बताएकी हुन् ।

बुधबार आयोजित कार्यक्रममा कर्णले प्रदेशमा जित्ने उम्मेदवार महतो नै भएको र मुद्दाहरू समेत ठिक रहेकोले सहयोग गरेको बताइन् । राप्रपा नेपालबाट प्रतिनिधिसभा उम्मेदवार सन्जिवकुमार साहले भने उम्मेदवारी कायमै राखेका छन् ।

उम्मेदवारी निष्क्रिय बनाएर कर्ण  माओवादी केन्द्रमा समेत प्रवशे गरेकी छिन । उनीसँगै दुई दर्जन युवा माओवादीमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?