निर्वाचन आचारसंहिता अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य हुँदैन : प्रमुख आयुक्त थपलिया

लोकपथ
49
Shares
sf7df8f}F @& c;f]hM lgjf{rg cfrf/;+lxtf cg’udg ;ldltsf] a}7s tyf 5nkmn sfo{qmd cfufdL dªl;/ $ ut] x’g] k|ltlglw;ef / k|b]z;ef ;b:osf] lgjf{rgsf nflu laxLaf/ lgjf{rg cfof]udf a;]sf] lgjf{rg cfrf/;+lxtf cg’udg ;ldltsf] a}7s tyf 5nkmn sfo{qmddf wf/0ff /fVg’x’Fb} k|d’v lgjf{rg cfo’Qm lbg]zs’df/ yklnof . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवा संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने बताएका हुन् ।

उनले आचारसंहिता उल्लघंन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्न सक्ने चेतावनी समेत दिए । थपलियाले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारवाही हुने जनाए । निर्वाचनको सन्दर्भमा आयोगले दिएका निर्देशनहरूको कसैले अवज्ञा गरे त्यो महँगो हुने उनले बताए ।

जुनसुकै निर्वाचनमा जित्ने उम्मेदवारभन्दा हार्नेको संख्या बढि हुने व्याख्या गर्दै उनले निर्वाचनपछिको राजनीतिक वातावरण धूमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाहरुले सकारात्मक भूमिका निर्वाह खेल्न सक्ने उनले जनाए ।

प्रमुख आयुक्त थपलियाले मतदान केन्द्रहरु सकेसम्म अपाङ्गता मैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट पारे ।

‘मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस् । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?