सिटिजन्स बैंकद्वारा च्याटबट सेवा सिटिजन्स साथीको सुरुवात

लोकपथ
52
Shares

काठमाडौं । डिजिटल बैंकिङ्गलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा ग्राहकहरुका लागि वेबसाइटमार्फत च्याटबट सेवा सिटिजन्स साथीको शुभारम्भ गरेको छ ।

बैंकको यो सेवामार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा सिटिजन्स साथी द्वारा गर्न सक्ने छन् । ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने छन् ।

यो सेवा ग्राहक मैत्री हुनुका साथै ग्राहकहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?