१८ चैत्र २०७९, शनिवार

देशभर डेढ करोड मतदाता, कस्ता हुनेछन् मतपत्र ?

२०७४,कार्तिक,२,बिहीवार ०२:१८

0
Shares

काठमाडौँ, २ कात्तिक – १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार सात सय ३१ मतदाताले मताधिकार प्रयोग गर्दै छन् ।५ भदौमा १८ वर्ष उमेर पुगेका र फोटोसहित मतदाता नामावली दर्ता गराएकाहरूको नाम निर्वाचन आयोगले टुंगो लगाएको हो । आयोगका अनुसार १० मंसिरमा ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ निर्वाचन क्षेत्रका ३२ लाख २८ हजार आठ सय ७९ जना मतदाताले मताधिकारको प्रयोग गर्न पाउनेछन् ।त्यसैगरी, आयोगले प्रतिनिधिसभा र प्रदेश सभाका लागि देशभर १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ, नयाँ पत्रिकामा खबर छ ।कस्ता हुनेछन् मतपत्र ?आयोगका अनुसार समानुपातिक तथा प्रत्यक्ष निर्वाचनको मतपत्र छुट्टाछुट्टै हुनेछ । दुवै निर्वाचका लागि एकै प्रकारको ढाँचा तयार गरिएको छ ।एउटै पानाको माथिल्लो भाग मतपत्र १ उल्लेख हुनेछ । मतपत्र १ उल्लेख भएको भाग प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुनेछ । त्यसैगरी, सोही पानाको तल्लो भागमा मतपत्र २ उल्लेख हुनेछ र त्यो भाग प्रदेश सभा सदस्य निर्वाचनका लागि हुनेछ । डा. यादवका अनुसार समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिनेछ भने प्रत्यक्ष निर्वाचनका लागि मतपत्र सेतो कागजमा हल्का हरियो रङको मसीले छापिनेछ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२,बिहीवार ०२:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८