टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

लोकपथ
182
Shares

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज अस्ट्रेलियाको सिड्नीमा हुँदै छ । नेपाली समयअनुसार दिउँसो पौने दुईबजे सुरु हुने खेलमा सुपर–१२ मा समूह ‘२’ को उपविजेता बनेको पाकिस्तान र समूह ‘१’ को विजेता बनेको न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुन लागेको हो ।

आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा पाकिस्तानले चार खेल आफ्नो पक्षमा पारेको छ । पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई हराउँदै विश्वकप जितेको थियो भने न्युजिल्यान्ड गएको वर्ष यूएईमा भएको टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । तर, अस्ट्रेलियासँग पराजित भएको थियो ।

दोस्रो सेमिफाइनलमा भोलि भारत र इंल्याण्डबीच खेल हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?