बैंकहरूको बेसरेट घट्यो, सस्तो ब्याजदरमा ऋण लिने अवस्था बन्दै

काठमाडौं : चालु अार्थिक बर्षको पहिलो ३ महिनामा बैंकहरूको नाफा र व्यवसायमा बढोत्तरी एवं बेसरेट घटेसँगै बैंकिङ क्षेत्रमा कर्जा अभावको समस्या हट्ने संकेत देखिएको छ । 

बैंकहरूले सार्वजनिक गरेको अपरिस्कृत त्रैमासिक वित्तीय विवरण विश्लेषण गर्दा नाफा र व्यवसायमा अत्याधिक सुधार भएको पार्इएको छ भने व्यवसाय समेत थप बलियो बनेको छ । 

बेस रेट घट्दा यसअघि नै बैंकबाट कर्जा लिएका ऋणीहरूलार्इ फार्इदा पुगेको छ । बैंकबाट कर्जा लिने प्रकृयामा रहेका नयाँ ऋणीहरूले पनि केही समयभित्रै बैंकबाट ऋण लिन पाउने अवस्था देखिएको छ । 

बैंकहरूले निक्षेपमा कम ब्याज दिने निर्णय गरेपछि बैंकहरूमै ऋण दिने रकम अभाव भर्इरहेको थियो । तर बेस रेट घटेपछि भने ऋण दिनका लागि सहज हुने बैंकरहरूको अांकलन छ । अझै पनि बजारमा तरलता अभाव कायम रहेकाले बैंकहरूले पर्याप्त कर्जा प्रवाह गर्ने क्षमता कहिलेसम्म हासिल गर्छन् भन्ने निश्चित भर्इसकेको छैन । 

बेस रेट घट्दा बैंकबाट सस्तो ब्याजदरमा ऋण लिन सकिनछ ।

केही बैंकहरूले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बेस रेट यस्तो देखिएको छ ः 

बैंक बेस रेट
प्रभु बैंक ९.४९%
सिभिल बैंक ११.०६%
सानिमा बैंक १०.५५%
जनता बैंक ११.२२%
सनराइज बैंक १०.९७%

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?