प्रभु बैंकलार्इ ३ महिनामा ६० करोड खुद नाफा

काठमाडाैं : प्रभु बैंकले चालु अार्थिक बर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) भित्र ६० करोड रूपैयाँ खुद नाफा भएको जनाएको छ । बैंकको त्रैमासिक रिपोर्टमा ५९ करोड ८४ लाख ३८ हजार रूपैयाँ खुद नाफा भएको उल्लेख छ । 

साउनदेखि असोजसम्ममा बैंकले १ अर्ब १३ करोड ३६ लाख रूपैयाँ खुद ब्याज अाम्दानी र १८ करोड २६ लाख रूपैयाँ खुद कमार्इ गरेको छ । गत अार्थिक बर्षको पहिलो ३ महिनामा यो बैंकले ३४ करोड ८७ लाख रूपैयाँ खुद नाफा गरेको जनाएको थियो । 

प्रभु बैंकमा खराब कर्जा अनुपात (एनपीएल) पनि निकै कम अर्था २.५१% मा देखिएको छ । सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि ११३.८७% रकम व्यवस्था गरेको प्रभु बैंकको कर्जा निक्षेप पूँजी अनुपात ७५.६८% र बेस रेट ९.४९% कायम भएको छ । यस्तै, बैंकको प्रतिशेयर अाम्दानी २९ रूपैयाँ १३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?