खराब कर्जा घटेको नेपाली बैंकको दाबीलार्इ अार्इएमएफले पत्याएन

काठमाडाैं : नेपाली बैंकहरूको खराब कर्जा अनुपात (एनपीएल) दक्षिण एसियाकै कम भएको दाबीलार्इ विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोष (अार्इएमएफ) ले विश्वास गर्न नसकिने बतार्इदिएका छन् । 

भदाै अन्तिम साता काठमाडाैं अाएको अार्इएमएफको टोलीले राष्ट्र बैंकका गर्भनर र उच्चपदस्थ अधिकारीहरूसँगको भेटमा नेपालको एनपीएल कम रहेको भन्ने दाबीलार्इ पत्यार्इहाल्न सक्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् । विभिन्न अन्तराष्ट्रिय र घरेलु विकास लक्ष्य हासिल गर्नका लागि व्यापक लगानी अपेक्षा गरिरहेको नेपाललार्इ अार्इएमएफको पछिल्लो धारणाले समस्यामा पार्ने देखिएको छ । 

तथ्यांकका हिसाबले हाल नेपालको खराब कर्जा अनुपात दक्षिण एसियामै कम हो । बैंकले प्रवाह गरेको कर्जा नियमअनुसार फिर्ता भर्इरहेको नेपालको दाबी छ । तर अार्इएमएफका अधिकारीहरूले भने नेपाली बैंकहरू अाक्रामक कर्जा विस्तारमा उत्रँदै गर्दा खराब कर्जा घटेको तथ्यांकीय दाबीलार्इ विश्वास गर्न नसकिने बताएकाे छ । 

अार्इएमएफको अविश्वासप्रति बैंकरहरूले भने प्रतिवाद गरेका छन् । अाफूहरूले पूर्वाधार क्षेत्रमा भन्दा जग्गाको धितोमा ऋण गएकाले खराब कर्जा कम रहेको उनीहरूको तर्क छ । तर अार्इएमएफले भने बैंकको जोखिम व्यवस्थापनका कामलार्इ सुधार्न सुझाव दिएको छ । 

हाल दक्षिण एसियामा भारतको खराब कर्जा अनुपात सबैभन्दा बढी अर्थात १०% रहेको छ । यसका पछाडी जोखिम मूल्यांकन नै नगरी पूर्वाधार क्षेत्रम भर्इरहेको व्यापक लगानी मुख्य कारण रहेको बतार्इन्छ । 

विश्व बैंकले पनि खराब कर्जा कम देखिएपनि त्यसलार्इ बैंकहरूले र्इभरग्रिनिङ गरेको तर्क पेश गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?