गठबन्धनलाई जिताउनुहोस् हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : अध्यक्ष दाहाल

लोकपथ
91
Shares

हुम्ला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताएका छन् । हुम्लामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका साझा उम्मेदवार छिरिङ्ग डम्डुल लामालाई मन्त्री बनाउने विश्वास दिलाए ।

प्रदेशसभा (२) का उम्मेदवार जीवनबहादुर शाही पनि कर्णाली प्रदेशको पुनः मुख्यमन्त्री बन्ने सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सातै प्रदेश र सङ्घमा गठबन्धनकै सरकार बन्ने बताए । यस्तै, कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले हुम्लाको उत्तर पश्चिमसम्म सडक सञ्जालले जाड्ने बताए ।

गठबन्धन सरकारले हुम्लाको हिल्सालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उनले विश्वास दिलाए । उनले भने, ‘कर्णालीको विकास र रोजगारी सिर्जना गर्नेका लागि निर्वाचन संघीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुनेछ ।’

कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यातायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका दशवटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उप–सभापति खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?