काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार उदयशम्शेर राणाले कान्ति लोकपथ सडक निर्माण रोकिँदा सडक आसपासका जनताले सास्ती भोग्नु परेको बताएका छन् । २०७४ सालपछि विकास भन्दा पनि विनास बढी भएको बताउँदै नेता राणाले कान्ति लोकपथ सडक तराईसँग ललितपुर र काठमाडौं जोड्ने मेरुदण्ड भएको बताए ।
आज टिकाभैरबमा घरदैलो सभालाई सम्बोधन गर्दै उनले कान्ति लोकपथ सडक राम्रो र कालोपत्रे गर्न सके टिकाभैरब र लेले क्षेत्र अर्को थानकोट, नारायणघाट जस्तै व्यापारिक हब बन्न सक्ने सम्भावना रहेको बताए । उनले भने, ’हामी गठबन्धनका साथीहरू जितेर गैसकेपछि यो कान्ति लोकपथ सडकलाई प्राथमिकताकासाथ विकास गर्छौं ।
यो सडक मात्रै नभएर यस क्षेत्रका सबै सडकको स्तरोन्नति र कालोपत्रे गर्ने कुरामा हामी प्रतिबद्ध छौं ।’त्यस्तै क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का साझा उम्मेदवार मीनकृष्ण महर्जनले आफु निस्वार्थ भावनाले राजनितिमा आएको बताए । उनले ललितपुरको समग्र विकास र जनताको सुख दुःखमा साथ दिन राजनितिमा प्रवेश गरेको बताए ।
नेता महर्जनले ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रचुर सम्भावना बोकेको ललितपुरको विकास र निकासका लागि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूको जित अपरिहार्य भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया