काठमाडौं । कालिकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । तिलागुफा-५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा अन्य ७ जना घाइते भएका छन् ।
मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जीप मंगलबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
घाइते ७ जनाको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया