२१ माघ २०७९, शनिवार

निर्वाचनका लागि मात्रै गठबन्धन गरेको होइनौँ : प्रचण्ड

२०७९,कार्तिक,२२,मंगलवार १४:४९

45
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तको प्रतिस्पर्धा भएको बताएका छन् । जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धन संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रको पक्षमा खडा भएको बताए ।

आगामी निर्वाचन संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसको विपक्षमा रहेकाबीच हुने उनले बताए । उनले भने,’दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदै छ ।’ अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीबीचमा ४ मंसिरमा संग्राम हुने  बताए ।

उनले  प्रत्येक निर्वाचन कुनै न कुनै राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै यस पटक अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्ने बारेमा केन्द्रित भएको दाबी गरे ।

नेपालमा शान्ति प्रक्रिया सुरू गरेको र १२ बुँदे समझदारीका सहयात्री कांग्रेस नै भएको  र अहिले पिन आफूहरू एकै ठाउँमा भएकाले निर्वाचन जित्ने उनले बताए । नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उनको भनाइ छ।

उनले तत्कालिन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले  मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिए । अध्यक्ष दाहालले भने, ‘परिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरंकुशता र सामन्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छौँ। यो स्वाभाविक र प्राकृतिक छ।’

 

प्रकाशित मिति: २०७९,कार्तिक,२२,मंगलवार १४:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दुई महिने पार्टी संगठन सुदृढीकरणको अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएकाछन् । बाराको कलैयामा आज

ताजा समाचार