वृद्धभत्ता दोब्बर पार्ने प्रदेशसभा सदस्यका उम्मेदवार आचार्यको आश्वासन

लोकपथ
77
Shares

अर्घाखाँची । एमाले केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले वृद्धभत्ता दोब्बर पार्ने घोषणा गरेका छन् ।

आफूहरू निर्वाचित भएमा वृद्धभत्ता दोब्बर पार्ने घोषणा गरेका आचार्यले अबका दुई वर्षमा हरेक जिल्लावासीको घरघरमा धारा पुग्ने दाबी पनि गरे ।

अर्घाखाँचीका विभिन्न स्थानमा भएका चुनावी सभामा मन्तव्य राख्दै आचार्यले घरघरमा धारा, अपांग भत्ता, वृद्धभत्ता, एकल भत्ता बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन् । यसअघि पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका आचार्य लुम्विनी प्रदेश सरकारको मन्त्रीसमेत भएका थिए ।

नेता आचार्यसँग गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका सागर केसीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?